Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो चलाउँछौँ: राजेन्द्र लिङ्देन

मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो चलाउँछौँ: राजेन्द्र लिङ्देन


  • 995
    Shares

    मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो चलाउँछौँ: राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्। 

    बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले भ्रष्टाचार गरेको प्रमाणित भएमा राजनीति छोड्ने जिकिर गरेका छन्। 

    लिङ्देनले भने, ‘हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो पनि चलाउँछौँ।’

    हामीले एउटा प्रजातान्त्रिक दल हुनको नाताले यो चुनावमा भाग्नुभन्दा सहभागी हुन उचित हुन्छ भन्ने निष्कर्षमा पुगेर अहिले यो चुनावलाई उपयोग गर्ने र एउटा आन्दोलनकै अंशको रुपमा लिएर आज तपाईँहरूको बिचमा आएका छौँ,’ उनले भने। 

    पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने दुई वटा उपसमिति एकैसाथ, एकैदिन बनाएको बताएका छन् । 

    images
    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १६:५२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij