Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु


  • 596
    Shares

    ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले  ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय  अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको उनले जानकारी दिए । रासस

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १६:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij