Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ४५ करोड

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ४५ करोड


  • 617
    Shares

    नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ४५ करोड

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.३० अंकले बढेर २,६४८ को विन्दुमा कायम भएको छ ।

    आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

    नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 

    यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

    आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको २५ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    13.JPG

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १५:३०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij