२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
२ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषय उठाउँदै आएकी थिइन्।
एमालेभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली रहेको उनको आरोप छ । सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij