Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्नेबारे छलफल

निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्नेबारे छलफल


  • 456
    Shares

    निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्नेबारे छलफल

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा सहभागी एक जना उच्च अधिकृतले बताए ।

    मंगलबारको छलफल अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्नेबारे सरकारलाई सिफारिस गर्ने छ । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सिफारिस गरेपछि गृह मन्त्रालयबाट मदिराबारे निर्णय हुने बैठकमा सहभागी ती अधिकृतले बताए ।

    मदिरा बिक्रीमा नियन्त्रण नगरेमा त्यसले निर्वाचन सुरक्षामा चुनौती थपिने विश्लेषण गरिएको छ । फागुन १९ मा मनाउन लागिएको तराई होलीलाई व्यवस्थित बनाउन पनि सरकारले मदिरा नियन्त्रण गर्ने तयारी गरिरहेको छ ।

    उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ ।   

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १३:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij