Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर

फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर


  • 722
    Shares

    फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर

    काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेबाट आइपीओ ल्याउने भएको छ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    स्थानीयका लागि उक्त आइपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते बैंकिङ समयपछि बन्द हुनेछ।

    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.३६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता निष्कासन गर्ने अनुमति पाएको छ। 

    आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि १० प्रतिशतले हुन आउने १२ लाख कित्ता र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

    यो आइपीओमा दुवै समूहले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १२:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij