Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला


  • 638
    Shares

    हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

    काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । 

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् ।


    हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने मालवाहक ट्रक रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगन्जमा दुर्घटना हुँदा ठोक्किएको भाग मर्मत गर्न भनेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका एसपी नरेश सुवेदीले बताए ।

    ट्रकका चालक फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १२:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij