२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन संसदको अधिवेशन बोलाउने लगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने तयारी गरिरहेका छन् ।
मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री निवास बालुवाटारमै दिउसो २ बजे एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij