Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु


  • 1.1K
    Shares

    • images
    रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

    बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका-४ मठियामा खेल्दै गरेकी ४ वर्षकी अल्फा खातुनलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।

    उनका अनुसार बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएपछि गाडीमै राखेर बालिकालाई गौर सिटी अस्पतालमा लगिएको थियो।गम्भीर घाइते भएकी ती बालिकाको मृत्यु भएपछि चालक अस्पतालबाट भागेको डिएसपी बस्यालले बताए।

    उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको प्रचारका लागि प्रयोग भएको प्रहरीको भनाइ छ। गाडीमा झण्डा राख्न लठ्ठी राखेको भेटिएको छ। यस्तै रास्वपाको स्टिकर भने त्यहाँ टाँसिएको अवस्थामा फेला परेको हो।

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १६:३५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij