Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि छैटौँ पटक पेसी सूचीमा

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि छैटौँ पटक पेसी सूचीमा


  • 1.2K
    Shares

    रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि छैटौँ पटक पेसी सूचीमा
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पहिलो नम्बरमा राखिएको छ ।

    चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

    माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ ।  

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १२:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij