Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन


  • 1.1K
    Shares

    • images
    ४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

    काठमाडौं । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।

    आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो । त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए ।

    अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।

    ‘उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ । यो रकम रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ,’ रेग्मीले भने ।

    उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतका लागि कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत नगरेको बताए । 

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १४:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij