Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप

अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप


  • 638
    Shares

    • images
    अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको आरोप पनि लगाएका छन् । उनले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको बताएका हुन् । 

    वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको उनको आरोप छ । २३ र २४ भदौमा भएको ‘जेनजी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको दाबी गरेका छन् । बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले उक्त घटनालाई असंवैधानिक कदमको संज्ञा दिएका छन्। 

    उनले विद्रोहको नाममा भएका गतिविधिहरु क्रान्तिको आवरणमा गरिएको प्रतिक्रान्ति तथा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्। 

    थापाकाअनुसार चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको छ ।   

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १४:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij