Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

पार्टीको जनमत बुझ्न कांग्रेसले प्रदेशगत रूपमा खटायो नेताहरू

पार्टीको जनमत बुझ्न कांग्रेसले प्रदेशगत रूपमा खटायो नेताहरू


  • 1.3K
    Shares

    पार्टीको जनमत बुझ्न कांग्रेसले प्रदेशगत रूपमा खटायो नेताहरू

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन नेताहरूलाई खटाएको हो । अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ ।

    सहमहामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न पठाएको र आफू त्यसक्रममा कोशी प्रदेशमा खटिएको जानकारी दिइन् । ‘पार्टीले निर्वाचन परिचालन समितिमार्फत जनमत बुझ्न प्रदेश प्रदेशमा नेताहरूलाई खटाएको छ । म पनि कोशी प्रदेशमा खटिएकी छु,’ सहमहामन्त्री डा। संग्रौलाले रातोपाटीसँग भनिन्, ‘हामीले प्रदेशगत रूपमा वस्तुस्थिति बुझेर जानकारी गराउँछौँ ।’

    डा। संग्रौलाका अनुसार कोशीमा उनीसहित निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, कोशीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू खटिएका छन् । आफू ओखलढुङ्गाको वस्तुस्थिति बुझेर मोरङमा पुगेको संग्रौलाले बताइन् ।

    मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू तथा पूर्वपदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन् । मधेसमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विमलेन्द्र निधि प्रत्यक्षतर्फ निर्वाचन लडिरहेका छन् । यादव धनुषा–४ र निधि धनुषा–३ मा उम्मेदवार छन् ।

    बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामाको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरूसहितका नेताहरू खटिएका छन् ।

    गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतारको नेतृत्वमा लुम्बिनी प्रदेशमा सहमहामन्त्री योगेन्द्र चौधरीले पुराना र नयाँ नेताहरूसँग समन्वय गरेर वस्तुस्थिति बुझ्ने काम गरिरहेका डा। संग्रौलाले जानकारी दिइन् । चौधरी आफै दाङ–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

    कर्णालीमा सहमहामन्त्री कर्णबहादुर बुढासँग समन्वय गरेर केन्द्रीय सदस्य जानकी सिंहलाई वस्तुस्थिति बुझ्ने कामको नेतृत्व गर्नेछिन् । बुढा आफू प्रत्यक्षतर्फको उम्मेदवार छन् । उनी डोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । सुदुरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू भरत खड्का र हिम रावलसहितका नेताहरूलाई खटाइएको छ ।

    खटाइएका नेताहरूले प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा एक चरणको छलफल गरेर बस्तुस्थितबारे केन्द्रमा जानकारी गराउने र केन्द्रले त्यही अनुसारको कार्यक्रम तय गरेर पुनः जाने तयारी रहेको डा। संग्रौलाले जानकारी दिइन् ।

    images
    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १३:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij