Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

कस्तो होला आज दिउँसो र रातिको मौसम?

कस्तो होला आज दिउँसो र रातिको मौसम?


  • 813
    Shares

    • images
    कस्तो होला आज दिउँसो र रातिको मौसम?

    काठमाडौं । यतिबेला तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागिरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।

    अनि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली (आकाशमा बादल) हुनेछ। कोसी प्रदेशलगायत बाँकी हिमाली भूभागमा मौसम आंशिक बदली (पातलो बादल) लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    साथै आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना पनि छ।

    मौसम महाशाखाका अनुसार आज राति देशका तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। अनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    साथै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

    mausam-18_p9NNQzmFzA.jpg

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - ०८:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij