Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

ललितपुरमा प्रहरी चौकी पुगेर ३० वर्षीय विनोदले भने: मैले श्रीमती मारेँ

ललितपुरमा प्रहरी चौकी पुगेर ३० वर्षीय विनोदले भने: मैले श्रीमती मारेँ


  • 841
    Shares

    ललितपुरमा प्रहरी चौकी पुगेर ३० वर्षीय विनोदले भने: मैले श्रीमती मारेँ

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

    जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार शुक्रबार पत्नी २३ वर्षीया कोपिला नेपालीसँग विवाद हुँदा आफूले उनको हत्या गरेको भनी ३० वर्षीय विनोद तामाङले प्रहरी चौकी टिकाभैरवमा आई जानकारी गराएका हुन्।

    "दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्", मिश्रले भने, "तत्पश्चात् निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ।"

    शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए।

    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - ०८:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij