Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

रास्वपालक्षित घनश्याम भुसालको टिप्पणीः मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन

रास्वपालक्षित घनश्याम भुसालको टिप्पणीः मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन


  • 554
    Shares

    रास्वपालक्षित घनश्याम भुसालको टिप्पणीः मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन

    काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गरेका छन् । शुक्रवार विराटनगरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले सो दाबी गरेका हुन् । 

    कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताएका छन्। उनले नयाँ राजनीतिक दलहरुलाई नालायक भएकाले यसबाट पनि जनताले कुनैपनि खालको अपेक्षा गर्ने अवस्था नभएको जिकिर गरेका छन्। 

    अध्यक्ष भुसालले भने,‘ मैले राजनीतिक रुपमा मात्रै भन्छु-पुराना पार्टीहरु, जो दलाल पँुजीवादीसँग, विचौलियातन्त्रसँग उनीहरले लगनगाँठो गाँसेका थिए । त्यो संकट जेन्जीका रुपमा आएको हो । त्यो भन्दा अघि नै ।हामीले अनेक संकट व्यहोर्दै आएका छौ । यो पुनरुत्थानवादले वा पूर्व राजा ज्ञानेन्द्र शाहले एकचोटी चुनौति खडा गरे । त्यो एक हिसावले राज्यले सामना ग¥यो । तर उसले जेनजीको घटनालाई सामना गर्न सकेन । यी पार्टीहरुबाट हामीले अपेक्षा गर्ने अवस्था भएन । यो देश दुनियाँले बुझिनै सकेको छ । यसबाट भएन भने लायकहरु त कोही न कोही आउनु पर्दथ्यो । उनीहरु पनि नालायक भए । तिनीसँग पनि विचार छैन, एजेण्डा छैन । यसकारण मुलुक हुने त दुर्घटना नै हो ।’

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १७:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij