Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या


  • 813
    Shares

    सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

    काठमाडौं । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका-१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका छन् । स्थानीयका अनुसार यादव खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।

    यादवको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताएका छन्। 

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

     

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १७:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij