२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं-तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले तोकिएको समयसीमा २०८३ चैतमै सम्पन्न गर्ने गरी काम भइरहेको बताएका छन् । अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको उनले जानकारी दिएका छन् । महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् । फास्ट ट्रयाकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग छ भने लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ ।
फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij