Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

ललितपुरको ठेंचोमा माधवनारायणको भव्य नगर यात्रा

ललितपुरको ठेंचोमा माधवनारायणको भव्य नगर यात्रा


  • 428
    Shares

    ललितपुरको ठेंचोमा माधवनारायणको भव्य नगर यात्रा

    काठमाडौं । ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार माधवनारायणको नगर यात्रा सम्पन्न भएको छ। श्री स्वस्थानी व्रत कथाको विशेष अवसर पारेर मनाइने यो जात्रामा ठेंचोवासीको उत्साहजनक सहभागिता रहेको थियो । 

    यस पटकको नगर यात्रामा एउटा खासी माथि एक बालकलाई राखेर सङ्ख बजाउँदै र जल छर्किँदै नगर परिक्रमा गराइएको छ। स्थानीय मान्यता अनुसार खासीलाई पवित्र तीर्थस्थल गोसाइँकुण्ड र त्यसमाथि सवार बालकलाई भगवान् शिवको प्रतीकका रूपमा पुज्ने परम्परा छ।

    पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण मेला र जात्रा माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ। ललितपुरको ठेंचोसँगै साँखु, भक्तपुर र काठमाडौँका विभिन्न स्थानमा यो मेला विशेष धार्मिक निष्ठाका साथ मनाइन्छ। 

    madhavnarayan3.jpg

    madhavnarayan2.jpg

    madhavnarayan1.jpg

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १५:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij