Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?

बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?


  • 701
    Shares

    बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?

    काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् । राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् । 

    हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ । उनले नयाँ भनिएका राजनीतिक दलहरुसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गरेका छन् । उनले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरुसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिएका छन्। 

    उनले भने, ‘नयाँहरुसँग केही एजेण्डा छैन । एजेण्डा भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् रु एजेण्डा भए पो आउनु । हिजो राणा कालमा ६ प्रतिशतले  बिजुली पाएका थिएँ हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पु¥याएका छौँ । हामीले परिवर्तन गरेका छौँ । सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौँ । भ्रष्टाचारमा शुन्य शहनशीलताका साथ हामी अगाडि बढेका छौँ । हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन रु हुनेवाला प्रधानमन्त्रीज्यू तपाईको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त–लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? अगामी आम निर्वाचन पछि नेपाली समाजलाई सुखि र समृद्धिको आधार दिन्छौँ ।’

    अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताएका छन् । 

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १४:१८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij