Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काठमाडौंमा दुई जना मृत फेला

काठमाडौंमा दुई जना मृत फेला


  • 596
    Shares

    काठमाडौंमा दुई जना मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेलापरेका प्रहरीले जनाएको छ ।

    यसैगरी काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि आज मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए ।

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १२:१८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij