Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल


  • 470
    Shares

    शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँः सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।  

    शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताइन् । उनले शहीदहरुले दिनुभएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् । उनले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरुको बलिदानकै कारण सम्भव भएको बताइन् । 

    नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको जिकिर गरिन् । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताइन् । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको जिकिर गरिन् । 

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १०:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij