२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।
दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।
प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij