२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बस्ने पार्टी मधेस प्रदेश कार्यसमितिको बैठकमा सहभागिता जनाएर सम्बोधन गर्ने भएका छन् ।
जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने बैठकमा फागुन ७ गते जनकपुरमा गर्ने मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वय सम्बन्धी विषयमा छलफल हुनेछ ।
मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन सभापति थापाले निर्देशन मन्तव्य दिने तय भएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिएका छन् ।
बैठकमा मधेस प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूलाई पनि बोलाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij