Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

निर्वाचनका लागि घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल

निर्वाचनका लागि घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल


  • 519
    Shares

    निर्वाचनका लागि घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल

    काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्र तयार गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेट्नुपर्ने विषय र प्राथमिकताबारे विज्ञहरूसँग छलफल गर्दै सुझाव लिएका हुन् । 

    छलफलमा विज्ञहरू बालानन्द पौडेल, विष्णु उप्रेतीसहित पूर्वराजदूत, अर्थशास्त्री र योजना आयोगका सदस्यहरू सहभागी रहेको नेकपा एमाले निर्वाचन प्रचार प्रचार संयोजक मीन शाहीले जानकारी दिएका छन् । 

    अध्यक्ष ओलीले एमाले सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको भन्दै भूकम्पले पुर्याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको भन्दै  गत भदौको आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताएका छन् । 

    एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा गर्न सक्ने कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको एमाले निर्वाचन प्रचार संयोजक शाहीले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १७:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij