Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

हिमालयन बैंककाे नाफा १४.८८ प्रतिशतले घट्याे, वितरणयोग्य मुनाफा ९ अर्बले ऋणात्मक

हिमालयन बैंककाे नाफा १४.८८ प्रतिशतले घट्याे, वितरणयोग्य मुनाफा ९ अर्बले ऋणात्मक


  • 400
    Shares

    हिमालयन बैंककाे नाफा  १४.८८ प्रतिशतले घट्याे, वितरणयोग्य मुनाफा ९ अर्बले ऋणात्मक

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १४.८८ प्रतिशत घटेको छ।

    पहिलो ६ महिनामा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी ३.६७ प्रतिशतले वृद्धि भई ४ अर्ब ७० करोड २३ लाख रुपैयाँ पुगेको छ। खुद फि तथा कमिसन आम्दानी ८.९३ प्रतिशतको गिरावट आएको छ।

    बैंकको सञ्चालन मुनाफा १३।०६ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ७१ करोड २९ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जामा भने उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा बढेर ७.९६ प्रतिशत पुगेको छ।

    चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड ८७ लाख ५५ हजार रुपैयाँ सञ्चित छ। बैंकले ३ खर्ब ३२ अर्ब १५ करोड ६१ लाख ६९ हजार निक्षेप संकलन गरेको छ । २ खर्ब ३४ अर्ब २५ करोड ७७ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि ह्रास आएको छ। अघिल्लो वर्ष १४.०३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १८.३९ प्रतिशतले घटेर ११.४५ रुपैयाँ कायम भएको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १३:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij