२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।
विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेकपामा समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता भएको बताए ।
उनले नेकपा गठन कुनै आवेगमा नभई देशको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसात् गर्दै गरिएको स्पष्ट पारे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij