Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै

भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै


  • 463
    Shares

    भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै

    काठमाडौं । नेपाली नागरिकलाई भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबिच भएको भेटघाटमा उक्त विषयमा छलफल भएको हो ।

    भेटवार्तामा नेपाल र भारतबिच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।

    मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको बताइएको छ ।

    नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका काम कारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १२:४२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij