Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब नाघ्याे, आयात १४.१८ प्रतिशतले वृद्धि

वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब नाघ्याे, आयात १४.१८ प्रतिशतले वृद्धि


  • 953
    Shares

    वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब नाघ्याे, आयात १४.१८ प्रतिशतले वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटामा समेत वृद्धि देखिएको छ ।

    १० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ  । जुन अघिल्लो वर्षको तुलनामा १७.३६  प्रतिशतले बढी हो । कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २  करोड बराबरको आयात भएको छभने १  खर्ब ४२ अर्ब १  करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

    यस्तै गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु  निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छ भने निर्यातमा ४३।७६ प्रतिशतले बढेको छ । 
     
    गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १५:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij