२०८२ माघ ७ गते बुधवार
काठमाडौं ।नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार चयनको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै ‘फरक मत’ दर्ता गराएका छन् ।
माघ ३ गते बसेको केन्द्रीय कमिटी सचिवालय बैठकको निर्णयमाथि असहमति प्रकट गर्दै उनले नेतृत्वको कार्यशैली र उम्मेदवार छनोटको मापदण्डमाथि प्रश्न उठाएका हुन् ।
टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij