२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ ।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij