२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेका छन्। विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा समूह बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन्।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij