२०८२ माघ ७ गते बुधवार
नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रिय कार्यसमिति बैठक शुुरु भएको छ ।
निर्वाचन आयोगले शुक्रवार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिवार नयाँ बानेश्वरमा बैठक बसिरहेको हो । यो बैठक विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो । बैठकमा पार्टीको संगठनात्मक सुधार, आगामी निर्वाचन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो । यसअघि शेरबहादुर देउवा पक्षले पनि छुट्टै बैठकहरू आयोजना गरेको थियो । तर निर्वाचन आयोगको निर्णयसँगै थापा पक्ष नै आधिकारिक नेपाली काँग्रेस बनेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij