२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागी नयाँ एकिकृत निर्देशिका जारी गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ जारी गरेको हो ।
केन्द्रीय बैंकले निष्कृय कर्जालाई ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसलमा, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकस्पद, १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने बताएको छ ।
न्यूनतम पुँजीकोष सम्बन्धी व्यवस्था कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्थासहित २१ व्यवस्थाहरु कायम गरेको छ । केन्द्रीय बैंकले कर्जाको वर्गीकारणमा कडाइ गरेको छ ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन मार्फत ऋणीको अनुरोधमा एक पटक किस्ता रकम रकम परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । ‘ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानीसमेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन गर्न सकिनेछ,’ संशोधित व्यवस्थामा भनिएको छ । एक पटक किस्ता रकम परिमार्जन गर्दा थप कर्जा नोक्सानी व्यवस्था नगर्दा हुने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार पछिल्लो एक वर्षमा एकीकृत निर्देशिकामा भएको संशोधनहरु समावेश गरी एकीकृत निर्देशिका २०८२ जारी गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij