२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको छ । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उनको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’
गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij