Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेतृ रामकुमारी झाँक्रीको प्रश्न- जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ?

नेतृ रामकुमारी झाँक्रीको प्रश्न- जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ?


  • 8.4K
    Shares

    नेतृ रामकुमारी झाँक्रीको प्रश्न- जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ?

    काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले जनताको बहुदलीय जनवादका कथि अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ? भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि कडा टिप्पणी गरेकी छिन् ।

    मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

    उनले लेखेकी छिन्-

    “आज जेठ ३ गते मदन-आश्रित स्मृति दिवस । जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण । बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता । जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन ? यि यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो। कमरेड मदन र कमरेड आश्रित प्रति हार्दिक श्रद्धासुमन ! ”

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - ११:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij