Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ


  • 1.5K
    Shares

    युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १२:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij