२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुल लक्ष्यको ७८.७४ प्रतिशत राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयले सार्ववजनिक गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सरकारले कुल सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गरेको हो । ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।
मंसिर महिनामा मात्र सरकारले ९५ अर्ब २० करोड रूपैयाँ राजस्व उठाउने लक्षय राखेकोमा ८० अर्ब २७ करोड रूपैयाँ संकलन भएको छ । मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रूपैयाँ संकलन भएको छ । यस वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
गत आर्थिक वर्षको यस अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij