Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने

  • 267
    Shares

    सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने
    images

    काठमाडौँ । दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ।

     स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

     यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो। विभागले निर्धारित मितिमा नजिकैको केन्द्रमा लगेर आफ्ना बालबालिकालाई औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :कार्तिक २ २०८३ आइतवार - १३:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij