Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

३० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

३० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति


  • 974
    Shares

    • images
    ३० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

    काठमाडौं । देशसँग रहेको विदेशी मुद्राको सञ्चिति ३० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म यस्तो सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । 

    गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । यो २१ अर्ब ५२ करोड अमेरिकी डलर बराबर हो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७२४ अर्ब ६६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    यो विदेशी विनिमय सञ्चितिले २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको अनुमान छ । 

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १६:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij