Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

इसेवाद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

इसेवाद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक


  • 967
    Shares

    • images
    इसेवाद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी ग्राहकहरुका लागि “सुपर टर्म लाइफ इन्स्योरेन्स” शीर्षकमा जीवन बीमा योजना सार्वजनिक गरेका छन् ।

    परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भारलाई कम गर्ने उद्देश्यसहित यो बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ। योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले भने,  “सुपर टर्म लाइफ इन्स्योरेन्सले संकटको समयमा परिवारलाई आर्थिक टेवा प्रदान गर्नेछ । 

    यो जीवन बीमा योजना पूर्ण रूपमा डिजिटल हुनुका साथै यसको खरिद प्रक्रिया पनि सहज, छरितो र  झन्झटमुक्त रहेको छ । यसले देशभरका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने विश्वास इसेवाले लिएको छ ।

    यो जीवन बीमा योजना प्रिमियम वार्षिक ७२५ बाट सुरु हुनेछ र बीमितले ५,००,००० देखि २०,००,००० सम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो । १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बीमा योजना लिन सक्नेछन् ।

    ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ। यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ।

    ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुनेछ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १२:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij