२०८३ कार्तिक २ गते आइतवार
काठमाडौं । सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी छिन्।
नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन्। सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो।
असोज महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा काठमाडौंको न्युरोडमा रहेको विशालबजार परिसरमा आइतबार गरिएको थियो। कलाकारहरु दीपाश्री निरौला र दीपकराज गिरीले तामाङलाई फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए।
यी हुन् १ लाख जित्नेहरु
तामाङबाहेक अन्य १६ जना पनि लखपति बनेका छन्।
बिल नम्बर ०८८७९०१३२१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०७९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९, ०८३६८९६७६१५३ ले समान १ लाख पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको छ।
यो साताको पुरस्कार घोषणामार्फत १६ जनाले दैनिक एक लाख रुपैयाँ हातमा नगद नै पर्ने गरी (१ लाख ३४ हजार ३३४ करकट्टी बाहेकको) र बम्परमा एक जनाले ७ लाख ५० हजार हातमा नै पर्ने गरी (करकट्टीबाहेक १० लाख) गरी कुल १७ जना विजेता छनोट गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij