Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सभामुख सापकोटाले लगाए कोभिडसिल्ड खोपको दोस्रो डोज

सभामुख सापकोटाले लगाए कोभिडसिल्ड खोपको दोस्रो डोज


  • 6.3K
    Shares

    सभामुख सापकोटाले लगाए कोभिडसिल्ड खोपको दोस्रो डोज

    काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोस्रो  डोज लगाएका छन् ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, शनिबार र आईतवारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो ।

    शुक्रवारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ । लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन् ।

    बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाईने सचिवालयले जनाएको छ । त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षा संग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाईने छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १३:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij