Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो  

कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो  


  • 6.3K
    Shares

    कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया : गल्ती सच्याउनु राम्रो हो  

    काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्रका चार नेतामाथिको कारवाही फुकुवा गरेर सकारात्मक पहल भएको बताएका छन् ।

    बिहीबार एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेको थियो ।

    चैत १६ र १९ गते ६ महिनाका लागि निलम्बन गर्ने भनी गरेको कारबाही फुकुवा गर्ने निर्णय सार्वजनिक भएको केहि मिनेटभित्रै भट्टराईले सामाजिक सञ्जालमा सो प्रतिक्रिया जनाएका हुन् ।

    उनले यसअघि गरिएको कारबाही गल्ती भएको पनि बताउँदै अब सहमति गरेर जानुपर्ने धारणा राखेका छन् । ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो,’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

    एमालेमा नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका बेला नेपाल पक्षमै रहेका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    पछिल्ला केहि दिन अध्यक्ष केपी शर्मा ओलीप्रति तुलनात्मकरुपमा नरम बन्दै गएका भनिएका भट्टराईले यो निर्णायक मोडमा दिएको प्रतिक्रिया अर्थपूर्ण रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij