Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आज नयाँ पार्टी घोषणा गर्दै कुलमान घिसिङ, को बन्ला अध्यक्ष ?

आज नयाँ पार्टी घोषणा गर्दै कुलमान घिसिङ, को बन्ला अध्यक्ष ?


  • 778
    Shares

    आज नयाँ पार्टी घोषणा गर्दै कुलमान घिसिङ, को बन्ला अध्यक्ष ?
    images

    काठमाडौँ । कुलमान घिसिङले आज (सोमबार) नयाँ पार्टीको घोषणा गर्दै छन्।

    कुलमाननिकट एक व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ। बढी सम्भावना भने नयाँ पार्टी दर्ताकै रहेको उनले जानकारी दिए।

    नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने उनको भनाइ छ। ‘पार्टी अध्यक्षमा कुलमान नै हुने छन्। उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ,’ ती व्यक्तिले भने, ‘यसबारे सोमबार बिहान टुंगो लाग्नेछ।'

    स्रोतका अनुसार नयाँ बन्ने पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई कडाइका साथ लागु गर्नेछ। जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्ने छैनन्। उक्त पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइएको छ। 

    त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुने छैनन्। उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको बताइएको छ। डा. उपाध्यायलाई अघि सार्दा कुलमानले प्रधानमन्त्री बन्ने बाटो बन्द हुने हुनाले त्यस्तो नीति लिइएको कुलमाननिकट ती व्यक्तिको भनाइ छ।  

    कुलमाननिकट व्यक्तिहरूको बैठक हिजो (आइतबार) दिनभरि काठमाडौंको बौद्धमा बसेको थियो। सोमबार बिहान फेरि बैठक बस्नेछ। बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए। बैठकले पार्टीको रूपरेखा तयार पारेको छ।

    स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। स्रोतका अनुसार उनी स्वयं भने पदमा रहने छैनन्। बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुने छन्।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ०९:४४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij