Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रास्वपाको ११ निर्णय सार्वजनिक, ४० वर्षमुनिका युवालाई २७ प्रतिशत प्रतिनिधित्व दिने

रास्वपाको ११ निर्णय सार्वजनिक, ४० वर्षमुनिका युवालाई २७ प्रतिशत प्रतिनिधित्व दिने


  • 855
    Shares

    रास्वपाको ११ निर्णय सार्वजनिक, ४० वर्षमुनिका युवालाई २७ प्रतिशत प्रतिनिधित्व दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो ।

    यस्तै विदेशबाट फर्किएका नागरिक उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ’।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले पूर्वनिधारित महाधिवेशन मिति ६ महिना पर सारेको छ । चार सय प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ ।

    कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन,उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

    r1.jpg

    r2.jpg

    r3.jpg

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १२:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij