२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) ले पार्टीबाट निकालेपछि राजनीतिकरूपमा निस्क्रिय रहँदै आएका डा. भीमबहादुर रावलले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने संकेत दिएका छन् ।
रावल नेतृत्वको मातृभूमि जागरण अभियानका सदस्यहरू यसबारे निर्णय लिन आन्तरिक छलफलमा जुटेको बुझिएको छ । नेका माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वामपन्थी पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रावल पनि एकतामा आउने लागेको बताएका थिए ।
माओवादी केन्द्रको तत्कालीन महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिलेसम्म दश समूह एकतामा आएका छौँ, तर मलाई लाग्छ घोषणाको कार्यक्रमसम्म ११/१२ सम्म पुग्छ, भीम रावलजीहरु पनि एकतामा आउने कुरा छ ।’ यद्यपि, तत्कालको लागि भने रावल समूह एकतामा पुगिसकेको छैन ।
‘तपाईं एकतामा जान लाग्नुभएको हो ?’ जवाफमा उनले भने, ‘निर्णय भइसकेको छैन, तर सकारात्मक ढंगले छलफल अघि बढेको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij