Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु


  • 442
    Shares

    नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको बुधवार काठमाडौंमा सो सम्मेलन शुरु भएको हो ।

    सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेको छ । सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिएका छन्। 

    सम्मेलनमा पार्टीको विधान, केन्द्रिय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ । 

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १३:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij