Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने, माओवादीले गर्‍यो अनुमोदन

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने, माओवादीले गर्‍यो अनुमोदन


  • 778
    Shares

    एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने, माओवादीले गर्‍यो अनुमोदन
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार (कात्तिक १८) बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    उनका अनुसार, एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने बताए । 

    तत्कालीक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गरे ।

    "पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुनेछ । नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालीक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ, उनले भने । 

    उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने जानकारी दिए । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतको कामहरू गरिने उनको भनाइ छ । 

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १७:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij