२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।
उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताएका छन् भने एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरेको छ ।
उनले तत्काललाई माओवाद सिद्धान्त छाडेपनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताएका छन् ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij